टी-२० वरियतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिए – Nepal Press

टी-२० वरियतामा दीपेन्द्रको छलाङ, अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिए

काठमाडौं । ओमनमा जारी एसिसी प्रीमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरियतामा छलाङ मारेको छन् ।

उनी अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । यसअघि उनी २५ औँ स्थानमा थिए ।

ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै दीपेन्द्र ६२ औं स्थानमा उक्लिएका छन्। उनले ओमानमा जारी एसिसी प्रीमियर लिगमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

यस्तै टी-२० ब्याट्सम्यानको वरियतातर्फ दीपेन्द्र ६२ औँ स्थानमा छन्। उनी १६ स्थान माथी उक्लिएका हुन्।

ब्याट्सम्यानको वरियतामा नेपालका आसिफ शेख ३६ स्थान माथी उक्लिएर ७५ औँ नम्बरमा पुगेका छन्। कुशल मल्ल ९ स्थान उक्लिएर एक सयौँ नम्बरमा छन्।

बलिङतर्फ भने कुनैपनि नेपाली खेलाडी शीर्ष १ सय भित्र छैनन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *