गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ लाई बोलाइयो – Nepal Press

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ लाई बोलाइयो

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेलाई अधिवेशन आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद् मंगलबार बसेको बैठकले अधिवेशन आह्वान लागि प्रदेश प्रमुख भट्टलाई सिफारिस गरेको थियो ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि यो अधिवेशन बोलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर