दुग्ध विकास संस्थानको महाप्रबन्धकमा आवेदन आह्वान – Nepal Press

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा आवेदन आह्वान

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)मा महाप्रबन्धकको लागि दरखास्त खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गर्दै डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले डीडीसीमा रिक्त रहेको महाप्रबन्धक पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ ।

मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७६ (संशोधनसहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर÷व्यवस्थापकको हैसियतले कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेकाले आवेदन दिन पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर