आफूसँग भएको स्रोतको सदुपयोग गर्न नसक्ने देशको समृद्धिमा प्रभाव परिरहन्छ : ऊर्जामन्त्री बस्नेत (भिडिओ) – Nepal Press

आफूसँग भएको स्रोतको सदुपयोग गर्न नसक्ने देशको समृद्धिमा प्रभाव परिरहन्छ : ऊर्जामन्त्री बस्नेत (भिडिओ)

काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आफूसँग भएको स्रोतको सही सदुपयोग गर्न नसक्ने देशको समृद्धिमा प्रभाव परिरहने बताएका छन् ।

बुधबार ‘ग्रीन हाइड्रोजन’ संवादमा बोल्दै ऊर्जामन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूल भएर विकासतर्फ अघि बढ्नुपर्ने बताए ।

‘सबै क्षत्रमा नीतिगत, संरचनागत र कानूनी व्यवस्थामा सामाजिक दृष्टिकोणबाट हामी अनुकूलीत हुँदै जानुपर्नेछ । पछिल्लो समय ग्रीन इकोनोमीको बारेमा चर्चा बढ्दै आएको छ’, उनले भने, ‘कुनै समयमा विकासका पूर्वाधारहरुको कुरा हुने गर्थ्यो । अहिले समाजका सामाजिक पक्षहरुको कुरा हुँदै आएको छ । त्यस्तै अहिले हरित अर्थतन्त्रको विषय विश्वव्यापी बढ्दै गएको छ ।’

नेपालको लागि जलवायु परिवर्तन महत्वपूर्ण रहेको ऊर्जामन्त्री बस्नेत भनाइ छ ।

‘हामीले मुलुको विकास गर्न कस्तो नीति अवलम्बन गछौं भन्ने कुराले पनि विशेष अर्थ राख्छ । आजको दिनमा पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं । हामीसँग भएका स्रोतहरुको उपयोग गरिरहेका छैनौं । जुन देशले आफूसँग भएको स्रोतको सही ढंगले सदुपयोग गर्न सक्दैन, त्यस देशको समृद्धिमा प्रभाव परिरहन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर