युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिएको बीबीसीको दाबी – Nepal Press

युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिएको बीबीसीको दाबी

काठमाडौं । बेलायती विश्व सेवा (बीबीसी) ले युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५० हजार सैनिक गुमाएको दाबी गरेको छ ।

सन २०२२ फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य हमला सुरु गरेको रुसले त्यो समयबाट ५० हजार सैनिक गुमाएको कुरा चिहान गनेर पत्ता लगाइएको बिबिसीले दाबी गरेको छ ।

बीबीसी रुसी सेवा, मिडियाजोनका कयौँ स्वयंसेवकहरूले रुसभरिका ७० सैन्य चिहान क्षेत्रमा थपिएका चिहान गन्दा यस्तो पत्ता लगाएको बिबिसीले दाबी गरेको छ ।

पहिलो वर्षमा भन्दा युद्धको दोस्रो वर्षमा रुसले धेरै सैनिक गुमाएको दाबी बिबिसीको छ । दोस्रो वर्षमा २७ हजार ३०० सैनिक मारिएको बताइएको छ ।

वाग्नर समूहबाट मात्रै २२ हजार बढी लडाकु मारिएको बीबीसीको दाबी छ । मृत्यु भएका हरेक पाँचमा दुई जना रुसी सेनामा पहिलेबाट नजोडिएका समेत बीबीसीको दाबी छ ।

बीबीसीले यस्तो दाबी गरेकोमा रुसको कुनै औपचारिक प्रतिक्रिया आएको छ । युक्रेनले दाबी गरेको जस्तो लाख बढी रुसी सैनिक नमारिएको भने बीबीसीको दाबीले देखाएको छ । यस्तै अमेरिकी समाचार एजेन्सी एपीले सन २०२३ को जुलाईसम्म मै ५० हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । त्यो दाबी पनि बीबीसीको दाबी भन्दा धेरै देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *