घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ – Nepal Press

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले इन्जिनियर बराललाई मंगलबार पक्राउ गरेको हो ।

यसअघि चैत २८ गते महानगरबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाइ अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

सोही विषयमा अनुसन्धानका क्रममा इन्जिनियर बरालको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । बराललाई पक्राउ गरी केन्द्रीय कार्यालय टंगाल पठाइएको शिवाकोटीले बताए ।

उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको सूचना अधिकारी शिवाकोटीले सुनाए । ‘पटक पटक घुस लिएको र यो प्रकरणमा बरालको समेत संलग्नता देखिएपछि पक्राउ गरिएको हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर