इजरायलमा भएको इरानी आक्रमणमा इजरायलकै दोष छः टर्कीका राष्ट्रपति इर्दोगान – Nepal Press

इजरायलमा भएको इरानी आक्रमणमा इजरायलकै दोष छः टर्कीका राष्ट्रपति इर्दोगान

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयेप इर्दोगानले इरानले इजरायलमा गरेको आक्रमणमा इजरायल नै दोषी भएको बताएका छन् ।

उनले देशको लागि गरेको टेलिभिजन सम्बोधनमा यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार पश्चिमा देशहरुको पाखण्डपनाले यस्तो भएको इर्दोगानको आरोप छ ।

उनले अप्रिल १३ शनिबारको आक्रमणको बारेमा टिप्पणी गर्दै त्यसलाई ‘नेतान्याहु र उनको रक्तपातपूर्ण सत्ता’को दोष भएको बताएका छन् ।

अक्टोबर ७ देखि इजरायलले अरब क्षेत्रमै आगो बाल्ने काम गरेको भन्दै इर्दोगानले सिरियाको इरानी महावाणिज्यदूतावासमा अप्रिल १ मा इजरायलले गरेको आक्रमण भियना सम्मेलन तथा अन्तराष्ट्रिय कानुन विपरित भएको बताए ।

सामान्यतया इरानसँग प्रतिस्पर्धा र कहिलेकाही दुस्मनीको साइँनो भएको टर्कीका राष्ट्रपतिले गरेको यो टिप्पणी अर्थपूर्ण देखिएको छ । यसले इजरायलाई थप क्षेत्रिय दबाब परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर