बार्सिलोनालाई हराउँदै पिएसजी सेमिफाइनलमा प्रवेश – Nepal Press

बार्सिलोनालाई हराउँदै पिएसजी सेमिफाइनलमा प्रवेश

काठमाडाैं  । स्पेनिस क्लब बार्सिलोनामाथि दोश्रो लिगमा विशाल जित हासिल गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो ।

बार्सासङ्ग पहिलो लेगमा ३-२ ले पराजित भएको पिएसजी दोस्रो लेगमा भने ४-१ ले विजयी भेसङ्गै सेमिफाइनल प्रवेश गरेको हो ।
खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । खेलको १२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दैअग्रता लिएको थियो ।

तर २९औं मिनेटमा खेलमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो सोझो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि उसले लगातार गोल खायो ।
पिएसजीले ४०औं मिनेटमा उसमान डेम्बेलेले मार्फत गोल गर्दै बराबरी गरे ।

५४औं मिनेटमा पिइसजीले खेलमा अग्रता लिँदै समग्रमा बराबरी गर्यो । ६०औं मिनेटमा पिएसजीले पेनाल्टी पायो र किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई समग्रमा अग्रता दिलाए ।

८९औं मिनेटमा एम्बाप्पेले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीकोले सेमिफाइनल यात्रा तय गर्न सफल बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *