धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै – Nepal Press

धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै

धनकुटा ।  पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुँदैछ ।

‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

“आर्थिक मन्दिका समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको हो ।” विष्टले भने  ।

महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन् ।

महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीयस्थल समेटेर चार हजार छ सय बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा नं। १ का वडाध्यक्ष वङ्दा तामाङले जानकारी दिए  ।

महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको छ । पाँच दिन सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती र विभिन्न जातजातिको मौलिक संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर