भूकम्प प्रभावितका लागि करिब ३६ करोड जम्मा – Nepal Press

भूकम्प प्रभावितका लागि करिब ३६ करोड जम्मा

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३६ करोड ३६ लाखभन्दा बढी रकम जम्मा भएको छ । कोषमा गत कात्तिक १८ गतेदेखि अहिलेसम्म विभिन्न व्यक्ति, संस्था तथा निकायबाट ३६ करोड ३६ लाख ७७ हजार ११० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

जसमा सबैभन्दा बढी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन् । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्रालि, बुद्ध एयर, नागरिक उड्डयन प्राधिकरण र सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल लिमिटेड मकवानपुरले एक–एक करोड रुपैयाँ जम्मा गरेका छन् ।

तेस्रोमा चिनियाँ दुतावासले ९१ लाख दुई हजार १७४, चौथोमा एनआईसी एसिया बैंकले ५१ लाख, पाँचौमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, कृषि विकास बैंकले ५०–५० लाख रुपैयाँ कोषमा जम्मा गरेका छन् । यस्तै सामसुङ इन्डिया इलोक्ट्रोनिक्स प्राली भारतले ३९ लाख ९९ हजार ५९०, सिया उमेश चुजले २७ लाख ८७ हजार ६५९ जम्मा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी, लुम्बिनी विकास कोष, नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड, एभरेष्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, सानिमा बैंक, सिटिजन बैंक, डाबर नेपाल प्राली, नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड, यती ब्रुअरी लिमिटेड, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राली र निफ्राले २५–२५ लाख रकम जम्मा गरेका छन् ।

यस्तै पशुपति क्षेत्र विकास कोष र पीएडीटी मन्दुर सेवाले छुट्टा छुट्टै २१ लाख २१ हजार २२१, भिजी फाउण्डेसनले २१ लाख, नेपाल एसबीआई बैंक र क्रिकेट एसोसिएसन अफ नेपालले २०–२० लाख, हेल्पिङ ह्याण्डस इभीले १९ लाख ९८ हजार ९७०, नेपाल बार एसोसिएनले १७ लाख ८४ हजार ७९, चौतारा साँगाचोकगढी नगरपालिकाले १७ लाख, होटल एसोसिएनसन नेपाल (हान)ले १५ लाख ५६ हजार ८७८ जम्मा गरेका छन् भने कोलम्बो प्लान काउन्सिलले १३ लाख २४ हजार ६८०, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले १२ लाख ५० हजार, हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख ५१ हजार १००, तुलसीपुर उपमहानगरपालिका, नेपाल ट्रेड युनियन काँग्रेस, एयर डाइनेष्टी र आउट सीएलजीले छुट्टा छुट्टै ११ लाख ११ हजार १११ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

टोखा नगरपालिका, आईएमई लिमिटेड, आईएमई लाइफ इन्सुरेन्स कम्पनी, कैलाश हेलिकोप्टरर्स सर्भिस लिमिटेड, ओरिन्टल इन्सुरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइभ इन्सुरेन्स कम्पनी, महालक्ष्मी विकास बैंक, होनोरारे कन्सुलर क्रप्स नेपाल (एचसीसीएन)ले १०–१० लाख जम्मा गर्दा टेनरिक्यो ओभरसिजले आठ लाख ९६ हजार, थुलुङ दुधकोशी गाउँपालिकाले सात लाख ५९ जार ६०४, नेपाल विद्यार्थी संघले सात लाख ११ हजार, रामहरी आचार्य, यन्त्रनाथ खनाल र सुर्दशन चिमौरियाले सात लाख, मितेरी विकास बैंकले पनि सात लाख रुपैयाँ जम्मा गरेका छन् ।

गोरखापत्र संस्थानले ६ लाख ८७ हजार ११३, रोशी गाउँपालिकाले ६ लाख ७३ हजार ३३०, आईएमई होल्डिङ प्रालिले ६ लाख ५० हजार, नेपाल टेलिभिजन र आईएमई इन्भेष्टमेन्ट प्रालिले ६-६ लाख रुपैयाँ जम्मा गरेका छन् ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी श्रीमती संघ र अल्टिच्यूड एयर प्रालीले छुट्टा छुट्टै पाँच लाख ५५ हजार ५५५, टे«किङ एजेन्सी नेपाल (टान)ले पाँच लाख पाँच हजार ५५५, ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, देवदह नगरपालिका, नेपाल एसबीआई बैंक लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड, भेगास रिक्रियसन नेपाल प्रालि, रेभाची इन्टरनेशनल प्रालि, जीएमई रेमिट प्रालि, प्राइड इन्टरटेन्मेन्ट एण्ड रिक्रियसन, महजोङ इन्टरटेन्मेन्ट प्रालि, इम्पेरियर इन्टरटेनमेन्ट प्रालि, एन्लान्टिक रिक्रियसन प्रालि, बेलिज नेपाल प्रालि, अल्टिच्युट एयर प्रालि, मुक्तिनाथ दर्शन प्रालि र केएनपी जापाना प्रालि, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, आइएसएमटी ग्रुप अफ कलेज, एसिएन पेन्ट्स नेपाल प्राली, नेपाल वन पैदावार उद्योग र स्वतन्त्र नागरिक समाज धरानले पाँच–पाँच लाख रकम कोषमा जम्मा गरेका छन् ।

विभिन्न व्यक्ति, संस्था तथा निकायबाट थप आठ करोड ४२ लाख १६ हजार ३२१ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर