नेपालमा ओमोडाको १५१ भन्दा बढी गाडी बिक्री, सोरुमको औपचारिक उद्घाटन – Nepal Press

नेपालमा ओमोडाको १५१ भन्दा बढी गाडी बिक्री, सोरुमको औपचारिक उद्घाटन

काठमाडौं । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालमा १५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ । बुकिङ भएको १५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौंको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि आइतबार गरिएको छ ।

प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस.आर. शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागीतामा उद्घाटन समारोह सम्पन्न भएको छ ।

कार्यक्रममा ओमोडा खरिद गर्ने ग्राहकहरूलाई प्रमुख अतिथि चेन सोङद्वारा गाडीको की (साँचो) हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा शारदा ग्रुपका निर्देशक गौरव शारदाले भने, ‘औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुल्ला गरिएको थियो । नेपालका मात्रै चार सय भन्दा बढिको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढि गाडी हाल नेपाली सडकमा गुडिरहेका छन् । नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौँ ।’

लन्च भएको केही महिनाभित्रै ओमोडाले ग्राहकवर्गबाट अत्यधिक साथ पाई प्रतिस्पर्धीको तुलनामा सर्वाधिक रुचाइएको गाडीको रूपमा उभिएको छ । विद्युतीय र दिगो भविष्यका निम्ति अग्रगामी प्रविधि सहित छलाङ मार्दै, एसपिजि अटोमोबाइल्सले उत्कृष्ट प्रविधियुक्त ‘ओमोडा इ फाइभ’ मोडल लन्च गरेको थियो ।

यो गाडीको मुख्य आकर्षण भनेको अत्याधुनिक ६१ किलोवाट (पध्) को लिथियम आइरन फोस्फेट ब्लेडयुक्त ब्याट्रि हो, जसको प्रभावशाली उर्जाले एक पटकको चार्जमा ‘डब्लु एल टि पि ध्ीत्ए’ रेन्ज ४३० कि.मि. दिन्छ । यस गाडीमा यात्रु तथा चालकका लागि २.५ लेभलको महत्वपूर्ण ‘एडास ब्म्ब्क्’ सुरक्षा फिचरहरू उपलब्ध छन् ।

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा र जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको नेपालको लागि आधिकारीक वितरक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर