त्रिवि सेवा आयोगको सदस्यका लागि आठ जना प्रारम्भिक चरणमा छनौट – Nepal Press

त्रिवि सेवा आयोगको सदस्यका लागि आठ जना प्रारम्भिक चरणमा छनौट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले आठ जनाको नाम प्रारम्भिक चरणमा छनौट गरेको छ ।

समितिले एक सूचना जारी गर्दै आठ जना छनौट भएकाका लागि आगामी शुक्रवार र शनिवार कार्य योजनासहितको सोचपत्र प्रस्तुतीकरण र अन्तरवार्ता हुने मिति तय गरेको हो ।

सुची अनुसार प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, प्रा‍ डा राजनारायण यादव, प्रा डा मुकुन्दप्रसाद क्षेत्री र प्रा डा लालप्रसाद अम्गाईको कार्य योजनासहितको सोचपत्र प्रस्तुतीकरण र अन्तरवार्ता वैशाख सात गते शुक्रवार दिउसो दुई बजेका लागि तोकिएको छ ।

यस्तै प्रा डा सञ्जय आचार्य, प्रा डा अजय भट्टराई, प्रा डा ज्ञानबहादुर थापा र प्रा डा नवराज कट्टेलको कार्य योजनासहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तरवार्ता समय वैशाख आठ गते शनिवार बिहान ११ बजेका लागि तय गरिएको छ । उनीहरूको प्रस्तुतीकरण तथा अन्तरवार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने सूचनामा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले गत चैत १८ गते एक सूचना जारी गर्दै दरखास्त आव्हान गरेको थियो । जस अनुसार चैत १९ गतेदेखि चैत २८ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेश गर्नका लागि आव्हान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर