इलाम २ : किराँत धर्मगुरुलाई भेटेर शेखरको आग्रह- हाम्रो पक्षमा खुलिदिनुपर्‍यो – Nepal Press

इलाम २ : किराँत धर्मगुरुलाई भेटेर शेखरको आग्रह- हाम्रो पक्षमा खुलिदिनुपर्‍यो

विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइराला किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न इलामको लारुम्वा पुगेका छन् । डा. शेखर केही नेता तथा कार्यकर्ता लिएर उनी धर्म गुरु लिङ्देनलाई भेट्न पुगेका कुटीमा पुगेका थिए ।

गुरुसँगको भेटमा डा. शेखरले डम्बर खड्काको पक्षमा खुलिदिन आग्रह गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा खड्काको पक्षमा खुल्न आग्रह गरिएको भेटमा सहभागी एक नेताले बताए ।

डा. शेखर कोइरालाको भनाई उद्धृत गर्दै उन भने, ‘यो पटक हाम्रो पक्षमा खुलिदिन पर्‍यो ।’

इलाम क्षेत्र नम्बरको २ को निर्वाचनमा लिङ्देन निकट डाकेन्द्र सिंह थेगिम पहिचान पक्षधरको तर्फबाट साझा उम्मेदवार भन्दै चुनावी मैदानमा छन् । आफू निकटका उम्मेदवार थेगिम भएकाले धर्म गुरु लिङ्देनले निर्णय लिई नसकेको र विचार गर्ने डा. शेखरलाई जवाफ दिएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका डम्बर खड्का हिजो मात्रै गुरुलाई भेट्न माङ्सेबुङ्ग स्थित लारुम्बा पुगेका थिए ।

इलाम क्षेत्र नम्बर २ मा किराँत धर्मको प्रभाव रहेको छ । झन्डै ५ हजार मतमा गुरुले प्रभाव पार्ने अनुमान गरिन्छ । यस अघि एमालेका नेता सुभाष नेम्वाङलाई खुलेर लारुम्बाले सहयोग गर्दै आएको थियो ।

२०७९को निर्वाचनमा भने कांग्रेस उम्मेदवार डम्बर खड्कालाई सहयोग गरेको स्थानीयले बताएका छन् । नेपाल प्रेससँग केही दिन अघि भएको भेटमा स्थानीयले यस पटकको मत कसलाई जाने भन्ने निर्णय भई नसकेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर