गगनको प्रश्न- प्रहरीले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सक्दिनँ भनिसक्यो, अब हामीले नगरे कसले गर्छ ? – Nepal Press

गगनको प्रश्न- प्रहरीले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सक्दिनँ भनिसक्यो, अब हामीले नगरे कसले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा कांग्रेसले उठाएको विषय पुष्टि भएको बताएका छन् ।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले प्रहरीले छानबिन गर्न नसक्ने भनेपछि संसदीय छानबिन समिति आवश्यक भएको जिकिर गरे ।

उनले भने, ‘एउटा सर्वसाधारण होस् वा शक्तिशाली व्यक्तिले होस्, गल्ती ग¥यो भने त्यसलाई दण्ड हुनुपर्छ । अहिले हामी सहकारीको रकम अपचलन भएको छ, त्यसमाथि छानबिन हुनुपर्छ भनेर संसदमा भनिरहेका छौं । हामीले भनेको कुरा हिजो प्रमाणित भयो, सरकारी वकिलले प्रहरी अनुसन्धानलाई आधार बनाएर अदालतमा मुद्दा दर्ता गर्‍यो । सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् थाहा नभएको हुनाले त्यसअनुसार प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भनेर प्रहरीले भनेको छ । सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होइनन् जाँच्ने क्षमता मसँग छैन भनेर नेपाल प्रहरीले भनेपछि अब संसदीय छानबिन समिति बनाएर सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एकै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेनरु त्यो हामीले नखोजे कसले खोज्छ ?’

उनले यो ठाउँमा कांग्रेस, एमाले र माओवादीको मान्छे परे पनि त्यही हुने बताए । लोकप्रिय, सरकारमा भए पनि र शक्तिशाली भए पनि कानूनभन्दा माथि कोही नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर