यी हुन् केयूबाट राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि छनोट गरेका विद्यार्थीहरू – Nepal Press

यी हुन् केयूबाट राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि छनोट गरेका विद्यार्थीहरू

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीको अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट ५ जना विद्यार्थीहरू छनोट गरेर अध्ययनको काम गरिरहेको छ ।

काठमाडौं विश्वविद्यालयबाट ४ जना कम्प्युटर इन्जिनियरका र एक जना कम्प्युटर साइन्स फ्याकल्टीका विद्यार्थीहरू राष्ट्र बैंकले छनोट गरेको हो ।

केयूको कम्प्युटर इन्जिनियरिङबाट सबल कटुवाल, सौगात अधिकारी, रोहन ढकाल र निश्चल शाक्यलाई राष्ट्र बैंकले डिजिटल करेन्सीमा रिसर्चका लागि इन्टर्नमा छनौट गरिएको केयु स्कुल अफ इन्जिनियरिङका असिस्टेन्ट प्रोफेसर तथा इन्टर्नसीप एण्ड प्लेसमेन्ट कोर्डिनेटर सुशील नेपालले बताए । त्यस्तै, केयूको इन्जिनियरिङ साइन्सबाट रुसभ हुमागाईँ गरी ५ जना लाई छनोट गरिएको नेपालले बताए ।

सुशील नेपालले भने, ‘काठमाडौं विश्वविद्यालयबाट विद्यार्थीहरूले देशकै पहिलो डिजिटल करेन्सी परियोजनामा सामेल हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीले विद्यार्थीहरूलाई तीन महिने इन्टर्नसीपमा प्रोग्राममा पठाउँदै आएका छौँ । इन्टर्नसीप प्रोग्रामकै क्रममा नेपाल राष्ट्र बैंकले ब्लक चेनमा आधारित भएर डिजिटल करेन्सीको अध्ययनका लागि विद्यार्थीहरूको अप्रोच गरेपछि हाम्रो विद्यार्थीहरूले आफ्नो रुचि देखाएका थिए । राष्ट्र बैंकले कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्सबाट ५ जना विद्यार्थी छनोट गरेको हो ।’

नेपालले राष्ट्र बैंकले पनि अन्तर्राष्ट्रिय अभ्यास अनुसार डिजिटल करेन्सीको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयबाट ५ जना विद्यार्थीहरू रिसर्चका लागि छनोट गरेको हो । विद्यार्थीहरूले ब्लकचेनमा आधारित भएर डिजिटल करेन्सीमा रिसर्च गर्नेछन् ।

सन् २०२२ देखि नेपाल राष्ट्र बैंकले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) परियोजनामा अध्ययन गर्दै आइरहेको छ । उक्त अध्ययनमा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरू इन्टनसीपमार्फत रिसर्चका रूपमा काम गराइँदै छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि विश्वविद्यालयका विद्यार्थीहरूलाई यस्ता रिसर्चहरूमा सामेल गराउँदै आइरहेको छ । भने, विश्वविद्यालयका विद्यार्थीहरूले डिजिटल करेन्सीमा निकै राम्रो अनुसन्धान गरेर परियोजनालाई सहयोग पुर्‍याउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर