प्रभु बैंकको ३०२औं शाख सञ्चालनमा – Nepal Press

प्रभु बैंकको ३०२औं शाख सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँगाउँमा आफ्नो ३०२औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा शान्ती शेरचन गौचनले बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए । बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनको भनाइ छ ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दाबढि ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर