ओलीको टिप्पणी- केही सहकारी मान्छेलाई ठगी खाने ठाउँ बनेका छन् – Nepal Press

ओलीको टिप्पणी- केही सहकारी मान्छेलाई ठगी खाने ठाउँ बनेका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी मान्छेलाई ठग्ने ठाउँ बनेको टिप्पणी गरेका छन् । एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘कतिपय सहकारी ठीकै चलेका छन्, केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ । केही गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर बदनाम गरेर ठगेका छन् । लाखौं मान्छेहरु लुटिएका छन् । अर्बौं लुटेका छन् । त्यो समस्याबाट मुख्य गराएर सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ । विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग ल्याउनुपर्छ । त्यसका लागि हाम्रो पार्टीका सबै तहका नेताहरुले अगुवाइ गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर