एमाले चितवनको जिल्ला अधिवेशनको मिति घोषणा – Nepal Press

एमाले चितवनको जिल्ला अधिवेशनको मिति घोषणा

बढ्न थाल्यो चुनावी सरगर्मी

चितवन । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म हुने भएको छ । एमाले चितवनको चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन जेठको १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ ।

अघिल्लो वर्ष घटेको पार्टी सदस्य टोलटोलमा एमाले अभियानमार्फत एमालेले बढाएको छ । करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरि ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन कमिटी साथै विषयगत समितिहरु पनि बनाइ सकिएको छ ।

उनका अनुसार मूल व्यवस्थापन कमिटीमा जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै तथा जनतहसहित ४ सय ९९ जना रहेका छन् मूल व्यवस्थापन कमिटीको संयोजक जिल्ला पार्टी अध्यक्ष न्यौपाने छन् । अध्यक्षकै संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति पनि बनाइएको छ ।

त्यसैगरि उपाध्यक्षको संयोजकत्वमा आर्थिक प्रतिवेदनको समिति, सचिवको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन, उपसचिवको नेतृत्वमा प्रचारप्रचार लगायतका अधिवेशन सम्पन्न गर्ने विभागीय समितिहरु बनाएर अधिवेशनको तयारी थालिएको छ ।

११ औँ जिल्ला अधिवेशनको मिति तोकिएसँगै जिल्लामा पार्टीको नेतृत्वको सरगर्मी पनि सुरु भएको छ । आफूले पूरा ३ वर्ष नेतृत्व गर्न नपाउँदै अधिवेशनको मिति तोकिएकोले एक कार्यकाल दोहोर्याउने पक्षमा वर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने छन् । भने उपाध्यक्ष कमल पाठक पनि ११ औँ अधिवेशनमा अध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

यसअघि आफूले इच्छा गरेपनि मिलेर जाने सर्तमा आफूले नेतृत्वमा दाबेदारी छोडेको उपाध्यक्ष पाठकको तर्क छ भने अध्यक्ष न्यौपाने आफूलाई कार्यकर्ता तथा नेताहरुले आगामी कार्यकाल दोहोर्याउन अनुरोध गरिरहेको बताउँछन् ।

यद्यपि, मिल्ने अवस्था भएसम्म मिलेर जाने यदि त्यस्तो नहुँदा प्रजातान्त्रिक प्रकृया अपनाउने भन्दै अध्यक्ष न्यौपानेले भने, — पार्टीलाई मिलाएर लैजाने हो, सकेसम्म हामी मिलेर जान्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर