सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच भेटवार्ता – Nepal Press

सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न खनाल बालुवाटार पुगेका थिए ।उनीहरुबीच आज करिब १ घन्टा भेटघाट भएको हो ।

भेटमा अहिलेको पछिल्लो राजनीतिको घटनाक्रम र समसामयिक विषयवस्तु, वर्तमान समीकरण,सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल भएको खनाल निकट स्रोतले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एसले प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेको थियो । नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएसँगै प्रधानमन्त्री दाहाल र खनालबीच छलफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर