प्रदेश प्रमुख भट्टलाई गृहनगर जोरायलमा नागरिक अभिनन्दन – Nepal Press

प्रदेश प्रमुख भट्टलाई गृहनगर जोरायलमा नागरिक अभिनन्दन

कैलाली । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई साेमबार गृह जिल्लाको डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।

प्रदेश प्रमुख नियुक्तिपछि पहिलो पटक गृहनगर पुगेका भट्टलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँपालिकावासीको तर्फबाट दोसल्ला, खादा तथा अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दन गरेका हुन् ।

नागरिक अभिनन्दन अघि स्थानीयबासीले प्रदेश प्रमुख भट्टलाई विभिन्न झाँकी तथा खादा मालासहित रावतकट्टेमा स्वागत गरेका थिए ।

स्थानीय जोरायल गाउँपालिका वडा नं। ३ रावतकट्टे स्थित रत्न आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरिएको समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले जोरायल गाउँपालिकावासीले आफूलाई प्रदान गरेको यति धेरै माया र सम्मानको लागि आभार प्रकट गरे ।

गण्डकी प्रदेशको प्रमुख भएपनि जोरायलको विकास र समृद्धिमा आफ्नो सधैँ साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जीवनको महत्त्वपूर्ण समय राजनीति तथा समाजसेवामा बिताएका डिल्लीराज भट्टलाई ढिलै भएपनि राज्यले सम्मान गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर