आईपीएल : सनराइजरले तोड्यो सर्वाधिक रनको आफ्नै रेकर्ड – Nepal Press

आईपीएल : सनराइजरले तोड्यो सर्वाधिक रनको आफ्नै रेकर्ड

हेटौंडा । आईपीएल २०२४ मा सनराइजर हैदरावादले सर्वाधिक रनको रेकर्ड बनाएको छ । हैदरावादले रोयल च्यालेन्जर बैंगलोरविरुद्ध उसैको घरमा गएर धुवाँधार ब्याटिङ गर्दै २८७ रन बनाएको हो ।

रेकर्ड बनाउने क्रममा ओपनर ट्रेभिस हेडले शतकीय योगदान दिए । उनले ४१ बलको सामना गर्दै १०२ रन बनाउँदा हेबरिच क्लासिनले ६७ रनको तुफानी पारी खेले ।

ओपनर अभिषेक शर्माले ३२ रन बनाउदा एडिन मकरम ३२ रन बनाए । अब्दुल समादले तेश्रो नम्बरमा आएर १० बलमा ३७ रन बनाइदिएपछि सनराइजरले यही वर्ष मुम्बई इण्डियनविरुद्ध बनाएको २७७ को रेकर्ड तोडेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *