बढ्यो पेट्रोल/डिजेलको मूल्य – Nepal Press

बढ्यो पेट्रोल/डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्न नयाँ खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जसअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १७५.५०, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५८.५०, दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर