रेशम-रन्जिता लफडाले नाउपासँग एकीकरण नगर्ने नेसपाको निर्णय – Nepal Press

रेशम-रन्जिता लफडाले नाउपासँग एकीकरण नगर्ने नेसपाको निर्णय

जनकपुरधाम । नेपाल सद्भावना पार्टी (नेसपा)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकीकरण नगर्ने निर्णय गरेको छ ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले नाउपासँग एकीकरण नगर्ने निर्णय गरेको हो ।

नेसपा र नाउपाबीच २०८० साउन १४ मा एकीकरण गर्ने सहमति भएको थियो । तर नाउपाले गरेको सहमति पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै एकता भंग गर्ने निर्णय गरेको नेसपाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले बताए ।

उनले विज्ञप्ति जारी गरेर नागरिक उन्मुक्ति पार्टीभित्र श्रीमान/श्रीमतीका विवादका कारण देश र जनताका लागि पार्टी सञ्चालन नभइरहेको र व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ अग्रसर भएको टिप्पणी गरेका छन् ।

यस्तै, नेसपाले ७ औं राष्ट्रिय महाधिवेशन २०८१ जेष्ठ १९ र २० गते जनकपुरधाममा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर