उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजीलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी – Nepal Press

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजीलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अर्थ मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पुनको अनुपस्थितिमा अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई तोकेका हुन् ।

अर्थमन्त्री पुन वैशाख ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर