पत्रकार महासंघ झापाद्वारा एक करोडको पत्रकार सहारा उपचार कोष स्थापना (भिडिओ) – Nepal Press

पत्रकार महासंघ झापाद्वारा एक करोडको पत्रकार सहारा उपचार कोष स्थापना (भिडिओ)

काठमाडौं । नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको पत्रकार सहारा उपचार कोष स्थापना गरेको छ ।

झापाका पत्रकारहरुको स्वास्थ्यउपचारमा सहयोग पुर्याउने उद्धेश्यले विभिन्न दाताहरुको सहयोगमा उपचार कोषको स्थापना गरिएको हो । झापाको बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले रु एक करोड अक्षयकोषको औपचारिक घोषणा गरे ।

उक्त अक्षयकोषको बर्षेनी प्राप्तहुने व्याज रकम बाट पत्रकारहरुको स्वास्थ्यउपचारमा आर्थिक सहयोग र हकहितमा खर्च गरिने पत्रकार महासंघ झापाले जनाएको छ । कार्यक्रममा पुर्व राष्ट्रपति डा. यादवले नेपालमा विभिन्न कालखण्डमा भएको लोकतान्त्रीक आन्दोलन र प्रजातन्त्रको स्थापनामा पत्रकारहरुको ठुलो योगदान रहेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक रुपान्तरणको अभियानमा पत्रकारहरुको अग्रिणी भुमिका रहेको बताए । उनले पत्रकारको उपचार कोष र बिमाका लागी पटक–पटक आग्रह गर्दापनि राज्यको प्राथमिकतामा नपरेको धारणा राखे ।

कार्यक्रममा पत्रकार सहारा उपचार कोषमा आर्थिक सहयोग प्रदान गर्ने १४० जना विभिन्न दाताहरुलाई सम्मान्न पत्रद्वारा सम्मान समेत गरिएको थियो भने पत्रकार महासंघ झापा शाखाको हालै स्तरोन्नति गरिएको बिर्तामोडस्थित कार्यालय भवनको डिजिटल प्रविधिमा माध्यमबाट उद्घाटन गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर