स्नो याक फाउन्डेसनलाई सिटिजन्स बैंकको १ लाख रुपैयाँ सहयोग – Nepal Press

स्नो याक फाउन्डेसनलाई सिटिजन्स बैंकको १ लाख रुपैयाँ सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ ।

नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था स्नो याकका सञ्चालक मणिराज शर्मालाई बैंकले एक समारोहबीच १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो सत्रौं वार्षिकोत्सव यही बैशाख ७ गते मनाउँदैछ । स्नो याक फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखा विस्तार गरेर आगामी दिनमा देशका ६० जिल्लामा सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर