सुर्खेत गोली काण्ड : मुख्य सुटरसहित चारैजना कारागार चलान – Nepal Press

सुर्खेत गोली काण्ड : मुख्य सुटरसहित चारैजना कारागार चलान

सुर्खेत । सुर्खेत तरुण दलका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार गर्ने सुटरसहित चार जना कारागार चलान भएका छन् ।

थुनछेक बहसपछि अदालतले पुर्पक्षको लागि थुनामा राख्न न्यायाधीश मनोज श्रेष्ठले आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले बताएका छन् ।

सामेवार (आज) गिरीसहित उनका आफन्तहरुले सुर्खेत जिल्ला अदालत अगाडी मुख्य योजनाकार पक्राउ गर्नुपर्ने र न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।

पुर्पक्षका लागि कारागार चलान हुने भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी रहेका छन् । रोहित भारतीय सुटर हुन्, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् ।

फागुन १२ गते वीरेन्द्रनगर–३ स्थित गैरीगाउँमा विनोद चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा साँझ गोली प्रहार भएको थियो । भे ५ प ६०६१ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेका थिए । प्रहरीले सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र हातहतियार खरखजानाको मुद्दा अदालतमा दर्ता गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर