सन्दीपको मुद्दामा उच्चको आदेश: गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन ल्याउनू – Nepal Press

सन्दीपको मुद्दामा उच्चको आदेश: गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपिका लागि दिएको निवेदन ल्याउनू

काठमाडौं । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलले केही वकिलको बहस सुने पनि मुद्दालाई हेर्दाहेर्दैमा राखेनन् । दुई जना सरकारी वकिल र सन्दीपको तर्फबाट एक जनाले आज बहस गरेका थिए ।

गौशाला २६ ले तादी गाउँपालिकाको वडा नम्बर २ मा जन्मदर्ताको प्रतिलिपि प्राप्त गर्न दिएको निवेदनको सक्कल प्रति पेश गर्न आदेश दिएका छन् । साथै २०७५/०९/१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि सो वडा कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्न भनिएको छ ।

आदेशमा लेखिएको छ, ‘….गौशाला २६ ले जन्ममिति २०६२/०२/१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९/०३/१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनि जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नका लागि दिएको निवेदनको सक्कलै प्रति नियमानुसार पेश गर्नु होला ।’

स्मरणीय छ कि जिल्ला अदालतमा तादी गाउँपालिकाले दुई पटकसम्म गौशाला २६ को जन्मदर्ताबारे पत्राचार गरिसकेको थियो । जिल्ला अदालतले फैसलामा गौशाला २६ नाबालिग नरहेको ठहर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर