अध्यक्ष दाहाल भन्छन्- कानून निर्माणमा रफ्तार नपुग्दा निराशा बढ्दैछ – Nepal Press

अध्यक्ष दाहाल भन्छन्- कानून निर्माणमा रफ्तार नपुग्दा निराशा बढ्दैछ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानून निर्माणको काम जुन रफ्तार हुनुपर्ने हो त्यसरी हुन नसकेको बताएका छन् ।

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नयाँ संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको शुरुवात भएको बताए ।

संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले कानून निर्माणको आवश्यकता र कानून निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ । नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन। यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद गम्भीर हुनु जरुरी छ ।’

समयमै कानून निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर