ह्वाट्सएपमा सेन्ड गरेको मेसेजको भ्युज हेर्न सकिने – Nepal Press

ह्वाट्सएपमा सेन्ड गरेको मेसेजको भ्युज हेर्न सकिने

काठमाडौं । ह्वाट्सएपमा अब कति जनाले मेसेज हेरे भनेर थाहा पाउन सकिने गरी भ्युज हेर्न मिल्ने फिचर आउने भएको छ । प्रयोगकर्ताले ह्वाट्सएप च्यानलनमा सेन्ड गरेको मेसेज कति जनाले हेरे भनेर भ्युजमा हेर्न सकिने भएको हो ।

च्यानल हेन्डलकर्ताले पठाएको मेसेज बबलमै कति जनाले मेसेज पढे भनेर भ्युज हेर्न सक्नेछन् । च्यानलको भ्यूज गणना तथा ट्र्याक गर्ने यस फिचरले च्यानलमा प्रयोगकर्ताहरुको सक्रियता र मेसेजको प्रभावकारीतलाई आंकलन गर्न सकिने ह्वाट्सएपले जनाएको छ । त्यस्तै, फिचरले ह्वाट्सएप च्यानल हेर्ने मानिसहरुको गणना गर्न सक्ने, प्रयोगकर्ता र संस्थालाई प्रसारण प्रभाव र पहुँच बुझ्न सक्षममा सहयोग पुर्याउने आंकलन गरिएको छ ।

च्यानलको भ्यूज गणना तथा ट्र्याक गर्ने यो सुविधा भविष्यमा उपलब्ध गराइनेछ । अहिले ह्वाट्सएपको यो फिचर परिक्षणमै रहेको छ । यसबारेमा थप अपडेट अहिले सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर