हङकङविरुद्ध विष्फोटक साझेदारीपछि नेपालका दुवै ओपनर आउट – Nepal Press

हङकङविरुद्ध विष्फोटक साझेदारीपछि नेपालका दुवै ओपनर आउट

काठमाडौं । हङकङ विरुद्ध दोस्रो इनिङमा विष्फोटक ब्याटिङ गरेको नेपालले दुवै ओपनरलाई गुमाएको छ । नेपाललाई सहज स्थितिमा पुर्याएपछि कुशल भुर्तेल र आसिफ शेख पेभिलियन फर्किएका हुन् ।

ओपनिङ जोडीले सुरुबाटै हङकङका बलरमाथि हावी भएर खेलेका थिए । नेपालले पाँच ओभरमा विना विकेट क्षति ६८ रन बनाएको थियो । छैटौं ओभरको तेस्रो बलमा कुशललाई स्पिनर यासिम मुर्तजाले एलबीडब्लुको शिकार बनाए । लगत्तैको ओभरमा अर्का स्पिनर एसान खानले आफ्नै बलमा आसिफलाई क्याच गरे ।

आसिफ र कुशलबीच पहिलो विकेटका लागि ५.२ ओभरमा ७० रनको साझेदारी भएको थियो । कुशल १९ बलमा २ छक्का र ३ चौकासहित ३२ रन बनाएर आउट भए । आसिफले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन जोडे ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल र सन्दीप जोरा छन् । ओपनरहरु आउट भएपछि नेपालको रन गति सेलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *