हङकङविरुद्ध नेपालका ओपनरको विस्फाेटक ब्याटिङ – Nepal Press

हङकङविरुद्ध नेपालका ओपनरको विस्फाेटक ब्याटिङ

काठमाडौं । सामान्य लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्ध दोस्रो इनिङमा आक्रामक सुरुवात गरेको छ । नेपालका ओपनर जोडी आसिफ शेख र कुशल भुर्तेलले सुरुबाटै हङकङका बलरहरुमाथि हावी भएर खेलेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङलाई नेपालले ११४ रनमा अलआउट गरेको थियो । ११५ रनको सामान्य लक्ष्य पछ्याउँदा नेपाली ओपनरहरु आत्मविश्वासी देखिएका छन् । दुवैले चौका र छक्काको वर्षा गर्दै नेपाललाई सहज जीतको बाटोमा लगेका छन् ।

यो समाचार लेख्दासम्म नेपालले ४ ओभरमा विनाविकेट क्षति ५१ रन बनाएको छ । १६ बलमा ३० रन बनाएका कुशलले २ छक्का र तीन चौका प्रहार गरिसकेका छन् । आसिफले २ छक्का र एक चौकाको मद्दतमा ८ बलमा २० रन बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *