नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा हङकङ ११४ रनमा अलआउट – Nepal Press

नेपाली बलरको उत्कृष्ट प्रदर्शनमा हङकङ ११४ रनमा अलआउट

काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपाललाई हङकङले ११५ रनको सामान्य लक्ष्य दिएको छ । १८ ओभरमा झारिएको खेलमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

टस हारेर बलिङ रोजेको नेपालले सुरुबाटै हङकङलाई दबाबमा राखेको थियो । नेपालका लागि अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिए ।

स्पिनरद्वय ललित नारायण राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट बाँडे । ललितले अन्तिम ओभरको चौंथो र पाचौं बलमा लगातार विकेट लिएका हुन् ।

हङकङ अलआउट भएकाले उनले ह्याट्रिकको प्रयास गर्न पाएनन् ।

कप्तान रोहित पौडेलले १३ ओभर मिडियम फास्ट बलरबाट गराएका थिए । ललितले ४ ओभरको कोटा पूरा गर्दा दिपेन्द्रले एक ओभर मात्र पाए । नेपालले उत्कृष्ट फिल्डिङ गर्दै हङकङका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो ।

दिपेन्द्रले मिड विकेटबाट सटिक थ्रो मार्फत हङकङका कप्तान निजाकत खानलाई पेभिलियन फर्काए । गुल्शन झाले लङ अनबाट लामो थ्रो गर्दै अंशुनमानलाई रनआउट गरे ।

हककङका लागि अंशुमानले सर्वाधिक ३४ रन बनाए । उनले २६ बलमा १ छक्का र ४ चौका प्रहार गरेका थिए । खतरनाक ब्याट्सम्यान बाबर हायातलाई ललितले ६ रनमा आउट गरेपछि हङकङको ब्याटिङ धराशयी बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *