नेकपा एसको ‘सुदूर विद्रोह’बारे कांग्रेस- हामीसँगकै सहकार्य प्राकृतिक हुन्छ – Nepal Press

नेकपा एसको ‘सुदूर विद्रोह’बारे कांग्रेस- हामीसँगकै सहकार्य प्राकृतिक हुन्छ

काठमाडौं । नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले विद्रोह गर्नु स्वाभाविक भएको प्रतिक्रिया दिएको छ।

नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रको कारणले नेकपा एस बाध्यताले नयाँ गठबन्धनमा जोडिएको बताए ।

उनको भनाइ जस्ताको तस्तैः

हामीले सहकार्यका लागि सबै दलहरुलाई आह्वान गरेका छौं । हिजो सहकार्य गरिरहेका हुनाले आज सहकार्यमा जोडिनु स्वाभाविक ठानेका छौं । संघ र प्रदेशमा फरक फरक सहकार्य हुनुपर्छ भन्ने नै हो । त्यसैले हाम्रो आह्वानलाई स्वीकार्दै हिजो सहकार्य गरेको शक्ति हामीसँग जोडिनुभएको छ । हामीले केन्द्रमा गरेको निर्णयले अरु प्रदेशमा पनि प्रभावित हुने भएको हुनाले पनि हामी संघीय प्रणालीमा गएका हौं ।

तर, हाम्रोमा राज्यको शासकीय स्वरुप चाहिँ संघीय भयो, काम गर्ने प्रवृत्ति चाहिँ केन्द्रीकृत नै भयो । त्यसैले संघको निर्णयबाट प्रदेशहरु तत्कालै प्रभावित नहुन् भन्ने हाम्रो चाहना हो । प्रदेशमा फरक ढंगबाट निर्णय लिन प्रदेशसभा आफैंमा स्वतन्त्र छ । त्यही आधारमा उहाँहरुले फरक फरक निर्णय गर्नुभएको हो । त्यो हामीले भन्दा पनि नेकपा एसका साथीहरुले गर्नुभएको छ । त्यहीअनुसार अन्य प्रदेशमा पनि नयाँ समीकरण बन्नसक्छ । काम गर्दै जाँदा विश्वास बढ्दै जान्छ । यही समीकरण केन्द्रसम्म पनि आउने सम्भावना त रहिरहन्छ ।

अहिले पनि नेकपा एस बाध्यताले मात्रै नयाँ समीकरणमा गएको छ । उनीहरुको प्राकृतिक समझदारी र सहकार्य भनेको कांग्रेससँगै हो नि ! कांग्रेसको घोषणापत्रबाट चुनाव जित्नुभएको छ । अहिले प्रचण्डको अस्थिर उथलपुथलको कारणले नेकपा एसले अप्ठेरो निर्णय गर्नुपरेको छ । त्यो बाध्यताबाट बाहिर निस्कन नेकपा एसलाई पनि गाह्रो छ ।

त्यसबेलामा कांग्रेसले सही निर्णय ग¥यो भने कांग्रेसको सहमतिमा जुनसुकै बेलामा पनि आउनसक्नुहुन्छ । कांग्रेसको नेतृत्वको सरकार बन्दा होस् वा कांग्रेसले नयाँ गठबन्धन बनाउँदा होस्, नेकपा एसको हामीसँग सकारात्मक मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर