हङकङलाई ठूलो झट्का, ललितले लिए बाबरको विकेट – Nepal Press

हङकङलाई ठूलो झट्का, ललितले लिए बाबरको विकेट

काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले हङकङलाई दबाबमा पारेको छ । हङकङका विष्फोटक ब्याट्सम्यान बाबर हायात आउट भएका छन् ।

९ बलमा ६ रन मात्र बनाएर बाबर पेभिलियन फर्केका हुन् । नेपालका स्पिनर ललित राजवंशीले आफ्नो पहिलो ओभरको दोस्रो बलमा नै बाबरलाई सिकार बनाए । डिफेन्सीभ सट खेल्न खोज्दा हावामा उडेको बललाई ललित आफैँले क्याच गरे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गरिरहेको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए ।

१२ रनमा पहिलो विकेट गुमाएपछि अंशुमान रथले कप्तान निजाकत खानसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ५।४ ओभरमा दीपेन्द्रले सटिक थ्रो गर्दै निजाकतलाई रनआउट गरेपछि हङकङ दबाबमा आयो ।

ओपनर अंशुमानले हङकङको इनिङ उकास्ने प्रयास गरेका थिए । तर, उनी पनि रनआउट भएका छन् । अविनाश बोहराको बलमा अंशुमानले एक रन लिने प्रयास गर्दा गुल्शनले लङअनबाट लामो थ्रो गरेका थिए, जुन सिधै स्टम्पमा लाग्यो । अंशुमानले २६ बलमा ३४ रन बनाए । उनले १ छक्का र चार चौका प्रहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *