विश्वदीपले छाडे नेसपा – Nepal Press

विश्वदीपले छाडे नेसपा

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले पार्टी छाडेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु ।’

उनी लामो समयदेखि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको स्वकीय सचिवका रूपमा काम गर्दै पनि आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर