क्रिष्टल प्यालेससँग पराजित भएपछि लिभरपुलको उपाधि अभियानमा धक्का – Nepal Press

क्रिष्टल प्यालेससँग पराजित भएपछि लिभरपुलको उपाधि अभियानमा धक्का

हेटौँडा। इंग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिष्टल प्यालेससँग अप्रत्याशित हार बेहोरेपछि उपाधि अभियानमा गम्भीर धक्का लागेको छ ।

आज भएको खेलमा प्यालेससँग १-० को पराजय भोगेसँगै लिभरपुलको उपाधि अभियानमा गम्भीर असर परेको छ ।

घरेलु मैदानमा भएको खेलमा प्यालेसलाई १-० ले नतिजा सुम्पिएसँगै लिभरपुल लिग लिडर म्यानचेस्टर सिटी भन्दा २ अंकले पछि परेको छ ।

सिटिले ३२ खेलबाट ७२ अंक जोड्दै लिगको पहिलो स्थानमा रहँदा समान खेल खेलेको लिभरपुलको ७० अंक मात्र छ । एक खेल कम खेलेको आर्सनलको ७१ अंक छ ।

आज भएको खेलमा प्यालेसका एजले १४ औँ मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त बन्यो । खेलको ७० प्रतिशत बढी समय बल आफ्नो कब्जामा राखेको लिभरपुलले गोल भने गर्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *