जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति – Nepal Press

जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाले पार्टी विधान अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार समिति समिति गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।

त्यस्तै वैशाख ३ गते भित्र प्राप्त हुन आएका संगठीत सदस्यहरूको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागी अभिलेख राख्ने निर्णय भएको छ । सङ्गठन विभागले उक्त सङ्गठित पार्टी सदस्यताको अभिलेख तयार गर्दा निम्नानुसारको समय कार्य तालिका अनुसार कार्य गर्नु पर्ने भनिएको छ ।

कार्य तालिका

१. मिति २०८१/०१/१० गते भित्र सङ्गठन विभागले आवश्यकता अनुसार सङ्गठित पार्टी सदस्यता माथि छानबिन गरी अभिलेख तयार गर्ने ।

२. सङ्गठित सदस्यता माथि त्रुटि देखिएमा त्रुटि सच्याउने कार्य मिति २०८१।०१।१५ गते भित्र गरी सक्नु पर्ने छ ।

३. मिति २०८१।०१।१६ गते सङ्गठित पार्टी सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ ।

४. सङ्गठित पार्टी सदस्यता सम्बन्धी उजुरी गर्ने समय मिति २०८१।०१।१७ देखि २०८१।०१।२० गते सम्म गरी सक्नु पर्ने छ ।

५. मिति २०८१।०१।२१ देखि २०८१।०१।२५ गते सम्म सङ्गठित सदस्यता माथि परेका उजुरी माथि छानबिन गरी सक्नु पर्नेछ ।

६. सङ्गठित पार्टी सदस्यहरूको अन्तिम नामावली सहितको विवरण मिति २०८१।०१।२६ गते प्रकाशन गरिनेछ ।

७. मिति २०८१ साल वैशाख ३० गते देखि ज्येष्ठ १० गते भित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरी सक्नु पर्ने छ ।

८. संगठीत पार्टी सदस्यताको विवरण पठाउँदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता संगठीत सदस्यहरूको सदस्यता प्राप्त मिति सहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले संगठन विभागमा यथाशीघ्र पठाउनु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर