सिटिजन्स बैंकका ग्राहकहरुलाई बेक एण्ड सेल्समा विशेष छुट – Nepal Press

सिटिजन्स बैंकका ग्राहकहरुलाई बेक एण्ड सेल्समा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंस्थित बेक एण्ड सेल्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगञ्ज र सातदोबाटो शाखामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्सले देशैभर फैलिएका आफ्ना १९० शाखा, १५३ एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखा विस्तार गरेर आगामी दिनमा देशका ६० जिल्लामा सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर