नयाँ वर्षमा आईसीसीसीको रक्तदान कार्यक्रम – Nepal Press

नयाँ वर्षमा आईसीसीसीको रक्तदान कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा ७५ जनाभन्दा बढी रक्तदाताले रगत दान गरेका छन् । नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैंकसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो ।

क्यानडा अध्ययनसम्बन्धी शैक्षिक शैक्षिक परामर्श केन्द्र आईसीसीसीले सामाजिक कार्यमा पनि केही योगदान पुर्‍याउने हेतुले रक्तदान गरिएको निर्देशक राम खड्काले बताए । म्यानेजर अमित श्रेष्ठले यस्ता कार्यक्रमले समाजमा अन्तरघुलितमा टेवा पुग्ने विश्वास जनाए ।

आईसीसीसीमा शैक्षिक परामर्शसँगै भिसाको पूर्वतयारी कक्षा, डकुमेन्टेशन र भिसा एप्लाईलगायतका काम हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *