सुदूरपश्चिममा केन्द्रकै गठबन्धन अनुसारको सरकार, कोशीमा मार्ग प्रशस्त गर्नुपर्छ : एमाले – Nepal Press

सुदूरपश्चिममा केन्द्रकै गठबन्धन अनुसारको सरकार, कोशीमा मार्ग प्रशस्त गर्नुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुदूरपश्चिममा केन्द्रको गठबन्धनअनुसार नै सरकार बन्ने बताएका छन् ।

नाउपाभित्रको केही-केही समस्याले अन्यौलजस्तो देखिएपनि सोही गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त हुने उनले बताए ।

सचिवालय बैठकपछि ज्ञवालीले भने, ‘नाउपाभित्र केही केही समस्या देखियो त्यसको प्रतिविम्व हो । केही कानूनी जिज्ञासा खडा भएका छन् । सोहीअनुसार नै प्रदेश सरकार बन्छ । नेकपा एसले पनि केन्द्रले तल निर्देशन दिइसकेको छ । केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्छ ।’

कोशीको सन्दर्भमा पत्रकारको जिज्ञासामा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने बताए ।

‘संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ’ उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर