पाँच सचिवको सरुवा, युवा मन्त्रालयको जिम्मेवारी अर्याललाई – Nepal Press

पाँच सचिवको सरुवा, युवा मन्त्रालयको जिम्मेवारी अर्याललाई

काठमाडौं । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव अर्जुन पोखरेलको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ भने उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव मुकुन्दप्रसाद निरौलालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । सिंह यसअघि युवा तथा खेलकुद मन्त्रालयमा सरुवा हुने गरी मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि अन्तमा भने उनको निकाय परिवर्तन गरिएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर