एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान गिब्सले दीपेन्द्रलाई दिए बधाई – Nepal Press

एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान गिब्सले दीपेन्द्रलाई दिए बधाई

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले बधाई दिएका छन्।

शनिवार कतारविरुद्ध दीपेन्द्रले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौं खेलाडी हुन् ।

एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी गिब्सले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । गिब्सले सन् २००७ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

उनले क्रिकेट कमेन्टेटर एन्ड्रियु लियोनार्दले पोस्ट गरेको भिडियोमा ‘वेलकम योङ म्यान’ भनेर लेखेका हुन्।


प्रतिक्रिया

One thought on “एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान गिब्सले दीपेन्द्रलाई दिए बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *