इजरायललाई युद्धका लागि जमिन र आकाश सहयोग गर्ने देशलाई नछाड्ने इरानी चेतावनी – Nepal Press

इजरायललाई युद्धका लागि जमिन र आकाश सहयोग गर्ने देशलाई नछाड्ने इरानी चेतावनी

काठमाडौं । इरानले आफ्नो देशमा आक्रमणका लागि जमिन तथा आकाश सहयोग गर्न दिने कुनै पनि देशलाई नछाड्ने चेतावनी दिएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार इरानले इजरायललाई आक्रमण गरेसँगै यस्तो चेतावनी आएको हो । इरानमा आक्रमण गर्न कुनैपनि देशको आकाश तथा जमिन प्रयोग भएमा त्यो ठीक नहुने इरानले बताएको छ ।

इरानी रक्षामन्त्री महोमद रेजा अस्तियानीले अरबिक देशहरूलाई संकेत गरेर यस्तो चेतावनी दिएका हुन् । गत अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसमा भएको इरानी महावाणिज्यदूतावासमा हमला गरेपछि इरानले आज प्रतिकार गरेको हो । इरानले ३०० हाराहारी ड्रोन तथा मिसाइल इजरायलमा प्रहार गरेको छ ।

इरानी हमलालाई इजरायल, अमेरिकी तथा बेलायतले संयुक्तरूपमा मिलेर रक्षा गरेका थिए । सबैजसो इरानी मिसाइल खसालिएको इजरायल र अमेरिकाको दाबी छ । तर, इरानले भने इजरायली सैन्य अखडामा उचित प्रहार गरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर