वीर गणेशमान सिंह क्रिकेटको उद्घाटनमा मधेश र बागमती प्रदेश भिड्ने – Nepal Press

वीर गणेशमान सिंह क्रिकेटको उद्घाटनमा मधेश र बागमती प्रदेश भिड्ने

काठमाडौं। वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपको उद्घाटनमा मधेश प्रदेश र बागमती प्रदेश भिड्ने भएका छन्। आयोजकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिताको लिग चरणका खेलहरु बैशाख १४ गतेसम्म सकिने छन् भने बैशाख १६ गते फाइनल हुने छ।

प्रतियोगितामा ७ वटै प्रदेश टिमहरु सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरु मुलपानी क्रिकेट मैदानमा सन्चालन हुने आयोजकले जनाएको छ।

दैनिक दुईवटा खेलहरु हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *