राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दै छन्, तर म असम्भव देख्छु : देउवा (भिडिओ) – Nepal Press

राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दै छन्, तर म असम्भव देख्छु : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा स्व. सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए । उनले विगतमा बन्दूक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व. थापाको महत्वपूर्ण भूमिका रहेको बताए ।

देउवाको भनाई जस्ताको तस्तै

बहुदलीय व्यवस्थामात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरू सबै मरे । अर्को राजा आएपछि त झन् ऊ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरू हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरू सुधार गर्न पनि सहमति हुनुपर्छ, दुईतिहाइ चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔं । तर, अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दूक उठाएकाहरू पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ । त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर