संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा भर्त्सना (भिडिओ) – Nepal Press

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा भर्त्सना (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेर सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको टिप्पणी गरेको छ ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

संसदीय दलकाे बैठकपछि बोल्दै लेखकले सरकारकाे तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिनमात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने जिकिर गरे ।

उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा पनि सरकार सदनबाट भागेर हिँडेको कांग्रेसको भनाइ छ ।

जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना ठगी भएको जनविरोधी कार्यमा सरकार मन्त्री संलग्न रहेको पुष्टि स्वयम सरकारले नै पुष्टि गरेको उनले बताए ।

उनले भने, ‘जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना ठगी भएको जनविरोधी अपराधजन्य कार्यमा सरकारका मन्त्री संलग्न रहेको विषय घामजस्तै छर्लङ्ग छ । सरकार उक्त विषयमा तथ्यपरक ढंगले संवाद नगरी जनताका सवालमा गैर जिम्मेवार हुँदै संसद अधिवेशन अन्त्य गरेर भाग्नुले पनि यसलाई पुष्टि गरेको छ ।’

मन्त्रीको संलग्नता थिएन भने छानबिन समिति किन बनाइएन भन्ने प्रश्नको जवाफ सरकारसँग नभएको उल्लेख गर्दै उनले कांग्रेस सधैँ सहकारी पीडित जनताको पक्षमा दृढ रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर