इजरायलमा इरानी आक्रमण – Nepal Press

इजरायलमा इरानी आक्रमण

काठमाडौं । गत अप्रील १ मा इजरायलले सिरियाको दमास्कसमा रहेको महावाणिज्यदूतावासमा भएको इजरायली हमलाको जवाफमा इरानले प्रतिकार गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार इरानले ड्रोन र मिसाइलको सम्युक्त हमला गरेको हो । यो भन्दा अगाडि इजरायलका पानीजहाजलाई इरानले खाडीबाट रोकेको समाचार आएका थिए ।

इरानले इजरायललाई प्रतिकार गर्ने सूचना अमेरिकी मिडिया ब्लुमबर्ग केही अगाडि नै सार्वजनिक गरिसकेको थियो।

इजरायली भूमिका इरानको यो प्रथम हमला हो । कयौं इरानी ड्रोन र मिसाइल इजरायले झारेको बिबिसीले उल्लेख गरेको छ । इजरायली सेनाको दक्षिण क्षेत्रको शिविरमा हमला हुदा एक घाइते भएको इजरायले सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर