पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ : एमाले नेता भट्ट – Nepal Press

पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ : एमाले नेता भट्ट

कैलाली । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले बिसु पर्वले पार्टीलाई बलियो र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । आज आफ्नो निवासमा विसु पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उनले पार्टी भित्रको तिक्तता मेटाउँदै पर्वले बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले नेता कार्यकर्ताहरूलाई राजनैतिक गतिशीलता र क्रियाशीलता हुन पनि निर्देशन दिएका थिए ।

‘जनतासँग सुमधुर सम्बन्ध बनाउनुहोस्’, उनले भने, ‘पार्टी नीति र विधि अनुसार अगाडि बढ्छ तपाइहरू पनि त्यहि अनुसार क्रियाशील भएर पार्टी बलियो र एकताबद्ध बनाउन लाग्नुहोस् ।’ सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ । आज सोही अवसरमा भट्ट निवास गेटामा कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पार्टी भित्रको तिक्तता मेटाएर सबै एक हुनुपर्ने बताएका थिए । उनले सुदूरपश्चिम प्रदेशको मौलिक पर्वहरूको संरक्षणको पनि आवश्यकता रहेको बताए ।

त्यस्तै पोलिट ब्युरो सदस्य नारदमुनि रानाले विसु पर्वको शुभकामना दिँदै मिसन ०८४ मा एमालेले एकल बहुतको सरकार निर्माण गर्ने गरि पार्टी निर्माणका जुट्न समेत नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरूलाई सिस्नो हानेर शुभकामना दिइएको थियो ।


प्रतिक्रिया

One thought on “पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ : एमाले नेता भट्ट

  1. नेताको कारणले एमालेको क्षतिको बाटो तय भर्को देखिन्छ । बाहिर एउटा कुरा भित्र भित्रीया पोषणको नीति नै यसको मुल कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर