सिड्नीमा छुरा प्रहार आतंक : पाँच जनाको मृत्यु – Nepal Press

सिड्नीमा छुरा प्रहार आतंक : पाँच जनाको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको शहर सिड्नीमा शनिबार छुरा प्रहार आतंक हुँदा पाँच जनाको मृत्यु पुष्टि भएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार सिड्नीको मुख्य सहर भन्दा बाहिरी क्षेत्रको वेस्टफिल्ड बोण्डी जंकसनमा भएको छुरा प्रहारमा परेर कयौँ घाइते भएको बताइएको छ ।

हातमा छुरा लिएका पुरुषले जभाभावी छुरा प्रहार गरेको सामाजिक संजालमा भाइरल भएको भिडिओ फुटेजहरुले देखाएका छन् । छुरा प्रहारको अस्ट्रेलियाली प्रधानमन्त्री एनथोनी एल्बानेजले निन्दा गरेका छन् । उनले सबै प्रभावित परिवारलाई सबै अस्ट्रेलियालीको साथ भएको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर